poezd-fun.com
  • Home
  • Sport

ब्रह्मास्मी एसईई कपकाे टिम काे नाम र टिम मालिक घाेषणा Letzcricket – Serving Nepali Cricket

ब्रह्मास्मी कलेज तिनकुनेकाे मुख्य प्रायाेजनमा नेक्सस क्रिकेट एकेडेमी ले अायाेजना गर्ने एसईई कपकाे अाज टिम काे नाम र टिम का मालिक हरूकाे घाेषणा गरेकाे छ । नेपालमा पहिलाे पटक एसईई दिएका उमेर समुहका खेलाडी हरूकाे पहिलाे फ्रेन्चाईज बेसमा उक्त प्रतियोगिता सम्पन्न हुने अायाेजक ले जानकारी दिएका छन ।

देशभरका १२ स्थानमा सम्पन्न ट्यालेन्ट हन्ट बाट छनाैट भएका १२० खेलाडी लाई काठमाडौंमा ७ दिने बन्द प्रशिक्षण मा राखी प्रतियोगिता का लागि ६० खेलाडी छनाैट गरिसकेको छ ।

यसरी छनाैट भएका खेलाडी हरूकाे अक्सन मार्फत ४ टिम मा बिभाजन गरिने टुर्नामेन्ट डाईरेक्टर प्रबल गाैतम ले जानकारी गराउनु भयाे । खेलाडीहरूकाे अक्सन जेष्ठ २४ गते नेक्सस क्रिकेट एकेडेमी काठमाडौंमा हुने समेत जनाउनु भएकाे छ ।

एसईई कप २०७६ मा सहभागी हुने ४ टिम मा

१ काठमाडौं राेयल २ कैलाली डल्फीन ३ दङगाली त्रिशुल

४ बिराटनगर लाईन्स 

Kolkata Knight Riders vs Delhi Capitals, IPL 2019 Letzcricket – Serving Nepali Cricket नेपाल यु १९ विश्वकपमा छनोट हुन असफल Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top