नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा शुक्रबार बाट सुरु भएको मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको दोश्रो दिन आज स्याङ्जा क्रिकेट एकेडेमीले लालिगुरांस क्रिकेट एकेडेमीलाई ८ विकेटले हराएको छ।
टस जितेर लालीगुरांस क्रिकेट एकेडेमीलाई ब्याटिङको निम्तो दिंदा, स्याङ्जाका बलरहरुले लालिगुरांस क्रिकेट एकेडेमीका ब्याट्सम्यान न्युन स्कोरमै समेट्न सफल थिए ।
पहिलो ब्याटिङ गरेको लालीगुरांसले १९.५ ओभरमा अल आउट हुदा ८५ रनमात्र बनाउन सफल भएको थियो । लालीगुरांसका कप्तान आकाश खत्रीले २७ बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङ तर्फ स्यांग्जाका गणेश बस्याल ३, खर्कसिंह राना, गोविन्द खत्री र किरण भट्टराईले समान २-२ विकेट लिए भने सुजन गौतमले १ विकेट लिएका थिए।
८६ रनको लक्ष्य पछ्याउदै ब्याटिङमा उत्रेको स्याङ्जाले ८.४ ओभरमै २ विकेट गुमाई लक्ष्य भेट्टाउदा ८ विकेटले बिजयी भएको हो । स्याङजाका ओपनर अनित बरालले २० वलमा ३ चौका र एक छक्काको मद्दतले ३० रन बनाए भने अर्का ओपनर मनोज गौतम उज्वल राजवंशीको बवमा बोल्ड हुनु अघि ३ चौकाको मद्दतले २२ रन बनाए। ४ चौका संगै सुजन गौतम र एक रन बनाएका सुदीप गौतम नट् आउट रहे।
बलिङ तर्फ लालीगुरांसका उज्वल राजवंशी र आविश सुबेदीले १-१ विकेट लिन सफल भएका थिए । खेलको म्यान अफ द म्याच गणेश बस्याल भए।
