poezd-fun.com
  • Home
  • Sport

मिलानो नेक्सस कपको उपाधी युनाइटेड क्रिकेट एकेडेमी बिरगंजलाई Letzcricket – Serving Nepali Cricket

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको आज सम्पन्न फइनल खेलमा सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगरलाइ २६ रनले पराजित गर्दै युनाइटेड क्रिकेट एकेडेमी बिरगंजले उपाधी हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रेको युनाइटेड क्रिकेट एकेडेमीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १३७ रन बनाएको थियो । युनाइटेड बिरगंजका मोहमद समिरले ३९ बल खेल्दै २ छक्का र ५ चौका प्रहार गर्दै ५२ रन बनाएका थिए भने इम्रान शेखले २० र सर्फराज मन्सुरी ले १८ रन बनाएका थिए ।

बलिङ तर्फ महेन्द्रनगरका सुबोध ऐरले ३ ओभर बलिङ गर्दै ८ रन खर्चैर ३ विकेट लिन सफल भएका थिए भने राहुल भण्डारी ले २ विकेट लिएका थिए ।

१३८ रनको बिजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको नेक्सस कप को पहिलो संस्करणको बिजेता टिम महेन्द्रनगरले १९.२ ओभरखेल्दै १० वीकेटको क्षेती ब्यहोरी १११ रन बनाउदा नेक्सस कप दोस्रो संस्करण को उप बिजेता मै चित्त बुझाउनु परेको छ । महेन्द्रनगरका ब्याट्स म्यान प्रबिन भट्टले ३१, प्रेम धामी १८ र आकाश चन्दले २३ रन बनाएका थिए ।

निखिल सिहले ३.२ ओभर बलिङ गर्दै ३२ रन को क्षेतीमा ४ विकेट लिन सफल भएका थिए । ब्यास यादबले २ बिकेट लिएका थिए, । फाईनल खेलका म्यान अफ दि म्याच मोहमद समिर भएका थिए ।

म्यान अफ दि सिरिज महेन्द्रनगरका सुबोध ऐर भए भने बेष्ट ब्याट्स म्यान चितबनका प्रशान्त महत र बेष्ट बलर महेन्द्रनगरका पारश छेत्री घोषित भएका छन । इमर्जिङ प्लेयरको उपाधी नेक्सस बी का १० बर्षे सोहेल कुवँर लाई प्रदान गरिएको थियो । उनि हरुलाई ट्रफी र सर्टिफिकेट प्रदान गरिएको थियो ।

समापन समारोहका प्रमुख अतिथि निर्वाचित क्यान का उपाध्यक्ष दिवाकर घले ले बिजेता टिम लाइ रु १ लाख ११ हजार १ सय ११ को सामाग्री सहित नगद र उप बिजेता लाई ६१ हजार १ सय ११को सामाग्री सहित नगद प्रदान गर्नु भएको थियो ।

नेक्सस कप : युनाइटेड र सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर फाइनलमा Letzcricket – Serving Nepali Cricket भीडमा हुने झण्झट छोडी Digipay बाट काट्नुहोस EPL को टिकट। (तर काटेपछि कसरी गर्ने प्रयोग? ) Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top