poezd-fun.com
  • Home
  • Sport

मिलानो नेक्सस कप मा आयोजक नेक्सस र ग्रेटर हिमालय बिजयी Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा शुक्रबार बाट मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका का प्रमुख कृष्णहरि थापाले उक्त प्रतियोगिताको एक समारोह बीच उद्घाटन गर्नु भएकोछ ।

प्रतियोगिताको पहिलो दिन आयोजक नेक्सस क्रिकेट एकेडेमी र स्याङजा क्रिकेट एकेडेमी बीच भएको खेल नेक्सस ८ वीकेट ले बिजयी भएकोछ ।टस जितेर स्याङजा लाई ब्याटिङ निम्तो दिएको नेक्ससका बलर हरु चम्कदा स्याङजा क्रिकेट एकेडेमीका ब्याट्सम्यान न्युन स्कोरमै समेटिएका थिए ।

पहिलो ब्याटिङ गरेको स्याङजाले निर्धारित १५ ओभरमा १४.२ओभर खेल्दै अल आउट हुदा ६९ रनमात्र बनाउन सफल भएको थियो । स्याङजाका किरण भट्टराईले ११ बलमा १३ रन, सुजन गौतमले ६ बलमा १० रन, सरोज अर्यालले ८ बलमा १० रन मात्र बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङ तर्फ नेक्ससका आशिष सुनुवार ३ ओभर ९ रन ३ बीकेट, क्रिस कार्की ३ ओभर १३ रन २ वीकेट, गोबिन्द बिष्ट र बिशाल के सी ले समान १÷१ वीकेट लिएका थिए ।

७० रनको झिनो लक्ष्य पच्छ्याउदै ब्याटिङमा उत्रेको नेक्ससले ९.२ ओभरमै लक्ष्य भेट्टाउदा ८ ओभरले बिजयी भएको हो । नेक्ससका बिशाल के सी ले १६ बलमा ५ चौका प्रहार गर्दै २२ रन बनाएका थिए भने बिपीन बिक्रम शाही ले २१ बलमा ४ चौका प्रहार गर्दै २२ रन बनाउन सmल भएका थिए ।

बलिङ तर्फ स्याङजाका स्वपनील लम्साल ले मात्र १ वीकेट लिन सफल भएका थिए । खेलमा म्यान अफ दि म्याच नेक्ससका आशिष सुनुवार भएका थिए उनलाई नेपालका बरिष्ठ क्युरेटर अजय पाण्डेले ट्रफी प्रदान गर्नु भएको थियो ।

दोस्रो खेल ग्रटर हिमालय बिजयीFULL SCORECARD

शुक्रबारै सम्पन्न दोस्रो खेलमा आयोजक नेक्सस बी लाई १० वीकेटले हराएको छ । टस जितेर ब्याटिङमा उत्रेको नेक्सस बी का ब्याट्सम्यान मिकेश ओझाले २५ बल खेल्दै १३ रन बनाउदा अरु कुनै पनि ब्याट्सम्यान ले दोहोरो अंक बनाउन नसक्दा १६ ओभर खेल्दै जम्मा ४१ रनमा समेटिएको थियो ।

ग्रेटर हिमालयका दिपक बोहाराले २ ओभर बलिङ गर्दै १ मेडन ओभर २ रन खर्चिदमा ३ वीकेट लिन सफल भएका थिए भने अमित अर्यालले २ओभर १ मेडन १ रन दिदै २ वीकेट लिएका थिए ।

४२ रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको हिमालयनका दिपक बोहोरा ले १० बल मा १ छक्का ६ चौका प्रहार गर्दै ३२ रन बनाउदा ३ ओभरमै खेल समाप्त भएको थियो । हिमालयन का दिपक बोहोरा म्यान अफ दि म्याच घोषित भएका थिए । नेक्सस क्रिकेट उकेडेमीका प्रबन्ध निर्देशक बिजय शर्माले म्यान अफ दि म्याच को ट्रफी प्रदान गर्नु भएको थियो ।

३ दिने ईन्डाे नेपाल क्रिकेट सिरीज एन सी सी भारत बिजयी Letzcricket – Serving Nepali Cricket नेक्सस कपको तयारी पुरा, १२ टोलीबीच प्रतिस्पर्धा हुँदै Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top