poezd-fun.com
  • Home
  • Sport

मुख्यमन्त्री गुरुङ तथा कप्तान पारस द्वारा पोखरा क्रिकेट मैदानको निरीक्षण Letzcricket – Serving Nepali Cricket

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङसहित नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र पीपीएल आयोजक संस्था क्विन्स इभेन्टका प्रबन्ध नर्दिेशक छुम्वी लामा लगायतको टोलीले पोखरा क्रिकेट मैदानको स्थलगत निरीक्षण गरेको छ ।

पोखरा प्रिमियर लिगको दोश्रो संस्करणको तयारी तथा १३ औं दक्षिण एशियाली खेलकुदको आयोजनाको सम्भाव्यता अध्ययनको लागि पोखरा पुगेको टोली र स्थानीय मन्त्रीले सो निरीक्षण गरेका हुन् । पोखरा रंगशालाको उक्त क्रिकेट खेल मैदान निर्माण गर्न संघिय सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा ३ करोड र प्रदेश सरकारले २ करोड बिनियोजन गरेको छ ।

सो निरीक्षण टोलीमा गण्डकी प्रदेश भौतकि पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत, नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष तथा प्रदेश सांसद दिपक कोइराला, राष्ट्रयि खेलकुद परषिदका सदस्य राजेश गुरुङ तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रभिुवन पौडेल लगायतको पनि सहभागिता थियो ।

क्रिकेट मैदानमा आवश्यक चेन्जिङ रुम, सुविधा सम्पन्न शौचालय र बाथरुम पहिलो फेजमा निर्माण गर्नुपर्ने कुरा निरीक्षणका क्रममा औंल्याइएको अध्यक्ष पौडेलले बताए । 

साभार – पोखरास्पोर्ट्स

Zimbabwe vs Pakistan, 4th ODI Letzcricket – Serving Nepali Cricket The debate about Greatest ODI XI of all time Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top