poezd-fun.com
  • Home
  • Sport

युएई विरुद्ध सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन, नेपालले पायो २५५ रनको लक्ष्य Letzcricket – Cricket News Articles From Around the Globe

नेपालले एसीसी एशिया कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेल आज युएईसंग प्रतिस्पर्धा गर्दैछ। किनरारा ओभल मैदानमा टस जितेर नेपाली टोलीले युएईलाई ब्याटिंगको निम्तो दिएको थियो। पहिले ब्याटिंग गर्दै युएईले निर्धारित ५० ओवरमा ९ विकेट गुमाउंदै २५४ रन बनाउन सफल भयो। युएई विरुद्ध आजको अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता प्राप्त खेलमा युवा स्टार सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिन सफल भए। उनको दश ओवरको स्पेलमा २ मेडन सहित २४ रन दिंदै ४ विकेट लिएका हुन, एकदिवसीय खेलमा उनको यो व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो। यस्तै वसन्त रेग्मीले तथा सोमपाल कामीले समान २-२ विकेट लिएका छन्।

आजका ११ खेलाडी :

सुबाश खकुरेल, ज्ञानेन्द्र मल्ल, पारस खड्का, सागर पुन, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करन केसी, सन्दिप लामिछाने

लाईभ स्कोर यहां हेर्नुहोस

New Zealand vs India, 3rd T20 Letzcricket – Cricket News Articles From Around the Globe Expert Dhangadi Blues vs Kathmandu Golden Warriors, PPL Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top