poezd-fun.com
  • Home
  • Sport

यु १९ एसिया कप : श्रीलंकासँग नेपाल ५ विकेटले पराजित Letzcricket – Cricket News Articles From Around the Globe

Image : Raman Shiwakoti

Nepal U19 vs Srilanka U19 – Full Scorecard

यु १९ एसिया कप अन्तर्गतको आफ्नो पहिलो खेलमा श्रीलंकाले नेपाललाई ५ विकेटले पराजित गरेको छ ।

वर्षाले प्रभावित खेलमा नेपालले पहिले ब्याटिंग गर्दै नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ५४ रन बनाए भने कप्तान रोहित कुमार पौडेलले ४७ रनको योगदान दिए । राशिद खान १५ रनमा अविजित रहँदा हरि बहादुर चौहानले १२ रन बनाए ।

श्रीलंकाका लागि दिलशान मदुशंका तथा नाभोद दिनुस्रीले ३/३ विकेट लिए ।

१५९ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ३४ औँ ओभरमा लक्ष्य पुरा गरेका थियो । ५ विकेट गुमाएको श्रीलंकाका लागि कामील मिश्राले ५५ रन बनाए । मिश्राले विक्रमासिंघेसँग तेस्रो विकेटको लागि ६० रनको साझेदारी गरेका थिए । नेपालको लागि राशिद खानले २ विकेट लिन २१ रन खर्चिए । पवन शर्राफ, कमल सिंह ऐरी तथा सागर ढकालले समान १/१ विकेट लिए ।

Online Cricket Fantasy with LetzCricket Letzcricket – Cricket News Articles From Around the Globe नेपाल विरुद्ध ओमान : हेड टु हेड Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top