Image Source : Raman Shiwakoti
See Full Scorecard
मलेसियामा जारी आईसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गरेको छ । कप्तान रोहित कुमार पौडेलले ९५ रनको शानदार पारी खेलेका थिए । ४६ ओभरमा सबै विकेट गुमाउँदै नेपालले २८२ रनको स्कोर खडा गरेको थियो ।
कप्तान रोहित कुमार पौडेलले ९५ रनको शानदार पारी खेलेका थिए । ४६ ओभरमा सबै विकेट गुमाउँदै नेपालले २८२ रनको स्कोर खडा गरेको थियो । ओपनर पवन शर्राफले ४७ रनको योगदान दिँदा राशिद खानले ४८ रनको पारी खेलेर कप्तान राहितको साथ दिएका थिए । त्यस्तै कमल सिंह ऐरीले १८ बलमा ३१ रन बनाउँदा १ चौका र ३ छक्का प्रहार गरे ।
२८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ६५ रनमा समेटियो । ओपनर भेनुगोपालले १८ रन तथा सहनीले २८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपालका लागि पवन शर्राफले ३ विकेट लिँदा कुशल मल्ल तथा सूर्य तामांले २र२ विकेट लिए । राशिद खानले १ विकेट लिए ।
