युएइमा हिजोबाट सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा लेग्स्पिनर सन्दिप लामिछानेले आफ्नो डेब्यु खेल्मा नै म्यान अफ द म्याच बनेर सनसनी मच्चाएका छन ।
दुई ओभर बलिङ गरेका सन्दिपले मात्र १७ रन खर्चिएर तीन विकेट लिएपछी म्यान अफ द म्याच चुनिएका हुन ।
पहिलो इनिंगको पांचौ ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै विकेट लिएका थिए । उनले फ्लेचरलाई ३२ रनमा आउट गरे । त्यसपछि सोहि ओभरको पाँचौ बलमा सन्दिपले इन्ग्रामलाई मात्र एक रनमा आउट गरे ।
यस्तै सातौ ओभरमा पनि सन्दिपले अर्को विकेट लिए । आफ्नो दुई ओभरमा उनले अरु दुई जना खेलाडीलाई आउट गर्ने मौका पनि सिर्जना गरेका थिए । तर फिल्डिङमा कमजोरी भएपछी उक्त मौक को फाइदा भने केरला किङ्सले उठाउन सकेन ।
सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको केरालाका मुख्य बलर सन्दीप म्यन अफ द म्याच बने ।
हेर्नुहोस कसरी लिए विकेट, के भने सन्दिपले?
