बंगलादेशका क्रिकेटर शकिब अल हसनले आफ्नो व्यक्तिगत कारण देखाएर आफ्नो नाम फिर्ता फिर्ता लिएका छन् भने नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आइसीसी ११ मा स्थान पाएका छन् ।
हालै मात्र आइपीएल खेल्ने पहिलो नेपाली बनेका सन्दीप अहिले विश्व क्रिकेटमै चर्चामा रहेका छन् । रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध उनको प्रदर्शनले पनि उनले चर्चा बटुलेका थिए ।
इंग्ल्याण्डका इयान मोर्गन ले कप्तानी गर्ने सो टोलीमा पाकिस्तानका शाहिद अफ्रिदि, बंगलादेशका तमिम इक्बाल, भारतका दिनेश कार्तिक तथा हार्दिक पाण्ड्या, अफगानिस्तानका रसिद खान, पाकिस्तानका शोएब मलिक लगायतका किक्रेटरहरु पनि सामेल छन् ।
गत वर्ष आएको हुरिकन इर्मा र मारिआ आँधिबेरीका कारण डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला भत्काएका कारण त्यसको पुनर्निमाणका लागि विश्व ११ र वेस्ट इन्डिजका बीच च्यारिटी खेल आयोजना हुन लागेको हो ।
