poezd-fun.com
  • Home
  • Sport

सर्वाधिक धनराशिको फ्रेन्चाइज लिग बन्दै पीपीएल Letzcricket – Cricket News Articles From Around the Globe

आगामी कार्तिक दोस्रो साता सुन्दर पर्यटकीय नगर पोखरामा आयोजना हुन गइरहेको पोखरा प्रिमियर लिग (पीपीएल) टी२० क्रिकेट प्रतियोगिताको विजेताले प्राप्त गर्ने धनराशिको घोषणा गरिएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले यस प्रतियोगितामा विजयी हुने टोलीलाई २७ लाख तथा उप विजेता टोलीलाई १० लाख प्रदान गर्ने घोषणा गरेको हो ।

प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई सुजुकी जिक्सर बाइक प्रदान गरिनेछ । नेपाली क्रिकेट इतिहासमा एकै प्रतियोगितामा पुरस्कार बापत ३ वटा बाइक प्रदान गर्न लागिएको सम्भवतः यो पहिलो पटक हो । यस पुरस्कारले खेलाडीमा उत्साह बढ्ने तथा पिपिएल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रत्येक खेलको उत्कृष्ट खेलाडीले रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले १० हजार रुपैयाँ र ५ हजार बराबरको गिफ्ट प्रदान गरिने भएको आयोजकले जनाएको छ । साथै प्रत्येक खेल जित्ने टिमलाई विनिङ बोनसस्वरुप १५ हजार ५ सय प्रदान गरिने छ ।

नेपाली क्रिकेट विकासमा योगदान दिने उद्देश्यका साथ क्विन्स इभेन्ट्स प्रालिले सुन्दर पर्यटकीय नगर पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न गइरहेको छ ।  ६ टिमको सहभागिता हुने पिपिएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको छ भने नेपाली क्रिकेटमै पहिलो पटक आधिकारिक रुपमा अनलाइन क्रिकेट फ्यान्टासी पनि सञ्चालन गरिएको छ । पोखरालाई क्रिकेटको न्यूट्रल भेन्यू बनाउने र पोखराको पर्यटन विकासका लागि पोखरा प्रिमियर लिगले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

Shakib and Liton guide Bangladesh to a stunning win over West Indies Letzcricket – Cricket News Articles From Around the Globe IPL Final Preview: Rising Pune Supergiant VS Mumbai Indians Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top