नेक्सस क्रिकेट एकेडेमी मा क्रिकेट प्रशिक्षण लिईरहेका १२ जना खेलाडीलाई सान्त्वना कलेज शान्तिनगर काठमाडौं ले कक्षा ११ र १२ मा पुर्ण रूपमा निशुल्क पढाउने भएकाे छ ।
सान्त्वना कलेज का निर्देशक सुनन्दा रेग्मी र नेक्सस क्रिकेट एकेडेमी की प्रबन्धक सरस्वती शाही बीच अाज सहमति भएकाे छ । बिगत १५ बर्ष देखी क्रिकेट का लागि याेगदान पुर्याउदै अाएकाे यस कलेजले युवा क्रिकेट खेलाडीलाई सहयाेग पुगाेस र भबिश्यमा नेपालका लागि राम्रा खेलाडी उत्पादन हुन सकुन भन्ने उद्देश्यले कलेजका तर्फबाट याे छात्रबृती दिन लागिएको बताउदै रेग्मीले बिभिन्न क्रिकेट प्रतियोगितामा स्पाेन्सर गर्ने कार्यलाई निरन्तरता दिदै यस बर्ष देखी +२ लेभल काे प्रतियोगिता समेत अायाेजना गर्ने बताउनु भएकाे छ ।
यस बर्ष देखी कलेजमै दक्ष प्रशिक्षक लाई नियुक्त गरि क्रिकेट प्रशिक्षण समेत शुरू गर्ने रेग्मीले बताउनु भएकाे छ । क्रिकेट क्षेत्र काे बिकास का लागि निरन्तर लागि रहेकाे सान्त्वना कलेजले प्रदान गरेकाे याे अबसर का लागि हार्दिक अाभार छ । थप जानकारी काे लागि 9849512793 र 9851011696 santwona college
