poezd-fun.com
  • Home
  • Sport

सिम्बा प्रिमियर लिग : नेक्सस ४ बिकेटले पराजित Letzcricket – Serving Nepali Cricket

अफ्रिकी मुलुक केन्याकाे राजधानी नैराेबी मा जारी सिम्बा प्रिमियर लिग अन्तरगत अाज सम्पन्न नेक्सस क्रिकेट एकेडेमी नेपाल र सेख युनियन क्रिकेट क्लब केन्या बीच भएकाे खेलमा केन्या ४ बिकेट ले बिजयी भएकाे छ ।

टस हारेर ब्याटिङ मा उत्रिएको नेक्सस क्रिकेट एकेडेमी नेपाल ले निर्धारित २० अाेभरमा ८ बिकेट गुमाउदै १४२ रन बनाएकाे थियाे । हिमाल कुंवर ले ३ छक्का ५ चाैका प्रहार गर्दै ५६ रन प्रहार गरेका थिए भने निश्चल राेक्काले २२ र अमन जैनले २० रन बनाएका थिए ।

बलिङ तर्फ केन्याका अक्षय शर्मा, भाेज पटेल र जयस खुवाडाे ले समान २/२ बिकेट लिएका थिए । १४३ रनकाे बिजयी लक्ष्य का साथ ब्याटिङ मा अाएकाे केन्याले १९.३ अाेभरमा ६ बिकेट गुमाउँदै १४४ रन बनाएाे थियाे । केन्याका जयस खुवाडाे ले ३७, जन्जेन अाेडुले ३२ र भाेज पटेलले २८ रन बनाएका थिए ।

बलिङतर्फ क्रिस कार्की ३ र समिर बिष्ट २ बिकेट लिएका थिए ।

“जिम्बाब्वे बिरुद्ध केहि सुराक अवस्य पाएका छौं” – पारस खड्का Letzcricket – Serving Nepali Cricket प्लस टु क्रिकेट लिग पहिलो दिन : ब्रम्हास्मी र निस्ट कलेज विजयी Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top