poezd-fun.com
  • Home
  • Sport

हंगकंगलाई पराजित गर्दै नेपाल यु १९ एसिया कपका लागि छनोट Letzcricket – Serving Nepali Cricket

एसीसी अन्डर १९ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनलमा हंगकंगलाई ६ विकेटले पराजित गर्दै नेपाल यु १९ एसिया कपका लागि छनोट भएको छ ।

मलेसियाको किनरारा मैदानमा भएको खेलमा टस हारेर ब्याटिंग गरेको हंगकंग ९५ रनमा समेटिएको थियो । हंगकंगका लागि अदित गोरावाराले सर्वाधिक २४ रनको योगदान दिए । नेपालका लागि सफल बलर सागर ढकालले ५ विकेट लिएका थिए । कमल सिंह ऐरीले ३ विकेट लिंदा तिलक राज भण्डारीले १ विकेट लिए ।

९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो । ओपनर पवन शर्राफले सर्वाधिक ३९ रनको पारी खेले । अर्का ओपनर रित गौतमले १३ रन बनाए भने कप्तान रोहित कुमार पौडेलले १२ रन बनाए । हंगकंगका लागि रौनक कपुरले २ विकेट लिए ।

England lift world cup despite a tie in Super Over Letzcricket – Serving Nepali Cricket नेपाल एसीसी इस्टर्नको फाइनलमा, सेमिफाइनलमा मलेसिया ७ विकेटले पराजित Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top