छिमेकी राष्ट्र भारत काे साेनिपथ हरियाणा मा भाद्र ३० गते देखी असाेज ११ गते सम्म सम्पन्न हुने हाई प्रफर्मेन्स क्याम्प मा सहभागी हुन नेक्सस क्रिकेट एकेडेमीका २३ खेलाडी अाज त्यस तर्फ प्रस्थान गरेका छन । खेलाडी तथा अफिसियल हरू लाई अाज एक समारोह बिच नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत शाही, प्रबन्ध निर्देशक बिजय शर्मा र प्रमुख प्रशिक्षक शामसन जंग थापाले बिदाई गर्नु भएकाे छ ।
उक्त क्याम्प मा सहभागी हुन टिम क्याप्टेन बिशाल पाैडेल र काेच दिनेश अाग्रीकाे नेतृत्वमा खेलाडी हरू बिशाल के सी ( U 16 नेपाली टिमका उपकप्तान ) बिपीन शाही,प्रदिप सुनुवार, अाशिस सुनुवार, रूपेश यादव, अाकाश बयक क्षेत्री, समिर बिष्ट, पप्पु यादव, साैरभ साखकर्मी, सिराज गैरे, लक्की सिंह, अमित पाैडेल, प्रशाेद बाेगटी, मिलन भट्ट, अजय अधिकारी, मनिश शाह, रिवाज खड्का, सम्बेद खनाल, पारस लामिछाने, सुलभ ढुङ्गाना,जनक धामी र हिमाल कुवर रहेका छन ।
नेक्सस क्रिकेट एकेडेमीको अायाेजना तथा साग ईन्डिया काे ब्यबस्थापन मा सम्पन्न हुने उक्त क्याम्प अाई सि सि लेभल २ काेच सत्यपाल यादव काे नेतृत्वमा छत्तीसगढ स्टेट काेच तथा बि सि सि अाई लेवल २ काेच सान्तनु घाेष लगायत का काेच हरूले एक लेशन प्लान मा क्याम्प संचालन हुने जानकारी गराईएकाे छ ।
खेलाडीलाई अबसर प्रदान गर्दैे दक्ष प्रशिक्षक द्दारा प्रशिक्षण काे ब्यबस्था मिलाई खेलाडी हरूकाे खेल क्षमता मा निखार ल्याउने उद्देश्यका साथ उक्त क्याम्प काे अायाेजना गरिएकाे नेक्सस क्रिकेट एकेडेमीका प्रबन्ध निर्देशक बिजय शर्माले बताउनु भयाे ।
