नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाडौँको आयोजनामा सम्पन्न हुने १५ दिने बन्द प्रशिक्षण तथा श्रीलंका टुर कार्यक्रमको तयारी पुरा भएको कुरा आयोजकले जनाएको छ ।
यहि चैत्र २४ गते शनिबारदेखि सञ्चालन हुने उक्त बन्द प्रशिक्षण कार्यक्रममा अण्डर नाइन्टीन उमेर समूहका देशभर बाट ६६ जना खेलाडीहरु सहभागी रहने जानकारी गराउँदै कार्यक्रम निर्देशक प्रबल गौतमले प्रशिक्षार्थी खेलाडी काठमाडौँ आइसकेको बताउनु भयो । उक्त प्रशिक्षण भारतको नयाँ दिल्लीस्थित वेष्ट दिल्ली क्रिकेट ( जहाँ विराट कोहलीले प्रशिक्षण लिन्छन्) का पूर्वप्रशिक्षक एवं आइसीसी लेवल २ सर्टिफाइड कोच सत्यपाल यादव र बीसीसीआई लेवल २ कोच राहुल साहानीले दिनु हुने जानकारी गौतमले दिनुभयो ।
बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरुको प्रशिक्षण तथा म्याचको भिडियोको आधारमा १५ दिन प्रशिक्षण दिने र खेलाडीको हालसम्मको खेलको स्तर कस्तो छ र अब कस्तो कार्य गर्न आवश्यक छ भन्ने उल्लेख भएको रिपोर्ट तयार गरिने बताउँदै नेक्सस क्रिकेट एकेडेमीका प्रबन्ध निर्देशक एवं नेपाली राष्ट्यि क्रिकेट टिमका पूर्व चिफ सेलेक्टर विजय शर्माले साँच्चै भविष्यमा क्रिकेट खेलाडी बन्ने हो भो यसरी हुन लागेको उच्च स्तरीय प्रशिक्षणले खेलाडीको खेल क्षमतामा निखार ल्याउने निश्चित भएको समेत बताउनु भयो ।
प्रशिक्षकहरु शुक्रबार दिउसो २ः४० बजे दिल्लीबाट काठमाडौँ आइसक्ने जानकारी गराउँदै एसईई का विद्यार्थीलाई छुट्याइएका र केही बाँकी सिटका लागि भने शुक्रबार बेलुकासम्म नाम दर्ता गराइने कुरा आयोजकले बताएका छन् ।
