poezd-fun.com
  • Home
  • Sport

१७ वर्षीय बंग्लादेशीले बनाए अर्को विश्व कीर्तिमान Letzcricket – Serving Nepali Cricket

बंगलादेशका १७ बर्षीय क्रिकेटर नइम हसनले टेस्ट क्रिकेटमा ईतिहास रचेका छन्। आफ्नो पहिलो टेस्ट खेल्ने क्रममा उनले  पाँच-विकेट लिएका थिए, जुन बंग्लादेश को लागि सबैभन्दा कम उमेरका बलरले ५ विकेट लिएको रेकर्ड हो। दायाँ-हाते स्पिनर एक मात्र बांग्लादेशी अन्तर्राष्ट्रिय क्रिकेटर हुन् जो वर्तमान शताब्दीमा जन्मिएका हुन्। समग्रमा, नयीम लामो फर्म्याटमा ५ विकेट लिने चौंथो कम उमेरका खेलाडी बने।  

उनले यसै वर्ष अघिल्लो टेस्ट टिममा परेपनि खेल्नै मौका भने पाएका थिएनन्। तर बंग्लादेशमा सम्पन्न राष्ट्रीय क्रिकेट लिग २०१८ मा सर्वाधिक विकेट लिएपछि सेलेक्टरले उनलाई वेवास्ता गर्न भने चाहेनन्।बंग्लादेशको यु१९ टिममा उत्कृष्ठ प्रदर्शन गरेसंगै उनले राष्ट्रीय टिम सम्म आफ्नो यात्रा तय गरेका हुन्। नयीमले टेस्टमा आफ्नो पहिलो विकेटको दाबी गर्न रोस्टन चेसलाई आउट गरे, यस संगै उनले पछि सुनील अम्ब्रिस, देवेन्द्र बिशू, केमर रच र जोमल वारिकनको विकेट लिंदै आफ्नो पाँच विकेट हल पुरा गरेका थिए। 

आफ्नो डेब्युमा पांच विकेट लिने उनी बंग्लागेशका आठौं खेलाडी पनि बनेका छन्। अघिल्ला सात बलर नईमुर रहमान, मन्जुरुल ईस्लाम, महमुदुल्लाह रियाद, ईलियास सन्नी, सोआग गाजी, ताईजुल ईस्लाम र मेहदी हसन मिराज रहेका थिए।

कार्तिक २९ बाट काठमाडौं मा ३ दिने ईन्डाे नेपाल क्रिकेट सिरीज शुरू Letzcricket – Serving Nepali Cricket मिलानो नेक्सस कपः स्याङ्जाद्वारा लालीगुरांस एकेडेमी ८ विकेटले पराजीत Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top