poezd-fun.com
  • Home
  • Sport

३ दिने ईन्डाे नेपाल क्रिकेट सिरीज एन सी सी भारत बिजयी Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रिकेट एकेडेमी (एन सि ए ) काे अायाेजनामा यहि कार्तिक २९ गते देखी मुलपानी क्रिकेट मैदानमा नेशनल क्रिकेट क्लव लखनउ भारत र नेक्सस क्रिकेट एकेडेमी काठमाडौं नेपाल बीच सम्पन्न सिरिज भारत बिजयी भएकाे छ । अन्डर नाईनटिन र अन्डर सिक्सटिन उमेर समुहकाे सिरिज दुई वटै टिम मा २/ १ ले एन सि सि भारत बिजयी भएकाे छ ।

टि ट्वान्टी फरम्याटमा उक्त सिरिज संचालन भएकाे थियाे । साे सिरिजमा म्यान अफ द सिरिज राजबिर सिह र बिजय चाैहान, बेष्ट ब्याट्सम्यान बिपीन शाही र राजबीर सिह, अाबिस्कार सिह प्रभार,बेष्ट बलर रितिक प्रभाकर र बिजय चाैहान बेष्ट फिल्डर अाकाश बयक, साेहेल खना ईमर्जीङ खेलाडी मिकेश अाेझा, स्पेशल खेलाडी बिपीशा शाही र अाराेमा त्यागी भएका थिए ।

खेलाडीलाई मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिएकाे थियाे । प्याब्सन नेपालका केन्द्रीय सचिब अार बी कटुवाल काे प्रमुख अातित्थ्यमा सम्पन्न समापन कार्यक्रममा नेक्सस क्रिकेट एकेडेमीका प्रबन्ध निर्देशक बिजय शर्मा ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।

नेक्सस क्रिकेट एकेडेमी मा प्रशिक्षण लिईरहेका खेलाडी हरूलाई म्याच एक्सपाेजर दिदै उनिहरूकाे खेल क्षमतामा निखार ल्याउने उद्देश्यले नेक्सस ले जारी राखेकाे बार्षिक कार्यक्रम अन्तरगत काे एक सिरिज भएकाे बताउदै कार्यक्रम का सभापति एबं नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाही ले बिभिन्न देशका खेलाडी हरू संग उनिहरूकै देश गएर तथा नेपाल निमन्त्रणा गरेर दर्जनाै सिरिज खेलाउने बार्षिक याेजना रहेकाे जानकारी गराउनु भयाे ।

याे बर्ष मात्र नेक्सस क्रिकेट एकेडेमी ले श्रीलंका मा ७ दिने सिरिज, भारतकाे देहेरादुन मा ५ दिने टुर्नामेन्ट, भारतकै साेनिपथ हरियाणामा १५ दिने हाई प्रफरमेन्स क्याप एबं नेपाल भित्र थुप्रै सिरिज हरू गरिसकेकाे छ । भने यहि मंसिर १९ गते नेक्सस क्रिकेट एकेडेमीका २ टिम कन्या मा सम्पन्न हुने सिम्वा प्रिमियर लिगमा सहभागी हुदै छन ।

पुर्व भारतीय कप्तान महेंद्र सिंह धोनीले खुलाए २०११ विश्वकप फाईनलको त्यो रहस्य Letzcricket – Serving Nepali Cricket मिलानो नेक्सस कप मा आयोजक नेक्सस र ग्रेटर हिमालय बिजयी Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top