poezd-fun.com
  • Home
  • Sport

सन्दीप आज स्वदेश फर्कँदै Letzcricket – Serving Nepali Cricket

ईण्डियन प्रेमियर लिग क्रिकेट आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर सन्दीप लामिछाने आज स्वदेश फर्कँदैछन् । दिल्ली डेयरडेभिल्सका लागि यस सिजनबाट खेलेका सन्दीपले आफ्नो लेग स्पिनबाट विश्व क्रिकेटमै चर्चा बटुल्न सफल भएका थिए ।

यो सिजनको अन्तिम खेलमा आइतबार मात्रै मुम्बई विरुद्ध उनले ३ विकेट लिएका थिए। त्यसअघि मुम्बई र बैंग्लोरविरुद्ध उनले १–१ विकेट लिएका थिए। 

आईपीएलमा देखाएको प्रदर्शनका कारण आईसीसीले उनलाई बिश्व ११ टोलीमा समावेश गरेको छ । बिश्व ११ ले वेष्टइण्डिजसंग च्यारिटी म्याच खेल्नेछ । उनी लगत्तै क्यारेबियन लिग खेल्न जानेछन् ।   

नेपाली क्रिकेट टीमका म्यानेजर रमण सिवाकोटीकाअनुसार, उनी सवा चार बजे काठमाडौं अवतरण हुनेछन् ।

स्पोर्टर्स अवार्ड मनोनयन सार्वजनिक Letzcricket – Serving Nepali Cricket Desperate to get on top: Dipendra Singh Airee Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top