नेट रन रेट (NRR), क्रिकेटमा गरेको प्रदर्शनको विश्लेषणमा प्रयोग गरिने एक गणितिय विधि हो। यो विधि, सामान्यतया सीमित ओभरका लीग प्रतियोगिताहरूमा प्रयोग गरिन्छ जसले समान अंक रहेका टोलीहरुको प्रदर्शन छुट्याउन मद्दत गर्दछ। फुटबलमा समान अंक रहेपनि गोल डिफरेन्सले महत्व राखेजस्तै महत्व क्रिकेटमा NRR ले राख्छ।
एक खेलको NRR निकाल्दा, आफुले प्रति ओवर स्कोर गरेको औसत रनमा विपक्षी टोलीले प्रति ओवर स्कोर गरेको औसत रन घटाईन्छ। यस्तै टुर्नामेन्टको NRR मा, आफुले प्रतियोगिताभरी प्रति ओवरमा स्कोर गरेको औसत रनमा प्रतियोगिताभरी विपक्षीले प्रति ओवर स्कोर गरेको औसत रन घटाईन्छ।
पोजिटिभ NRR भन्नाले, विपक्षी टिमले भन्दा आफ्नो टिमले छिटो र राम्रो गतिमा रन स्कोर गरेको बुझिन्छ। नेगेटिभ NRR मा ठिक विपरीत हुन्छ (मतलब विपक्षी टिमले आफुले भन्दा राम्रो गतिमा रन बनाईरहेका छन्)। त्यसैले NRR पोजिटिभ र धेरै रहेको राम्रो मानिन्छ र सोही टिमलाई अर्को चरणमा छनौट गरिने गर्छ।
NRR बुझ्न अलि गाह्रो हुनाले र अक्सर यसको गलत बुझाईले पनि कडा आलोचना गरिएको छ। यसले सफलताको सही मार्जिन प्रतिबिंबित गर्दैन, किनकी यसले कुन गतिमा रन बनाईएको छ या कुन गतिमा रन खाईएको छ भन्ने मापन गर्दछ तर लिएको या गुमाएको विकेटको ब्यहोरा राख्दैन। कुनै बखत ठुलो मार्जिनको जित भन्दापनि सानो मार्जिनले जितेको टिमको ठुलो NRR हुनसक्छ।
NRR को Step by Step Calculation:
रन रेट:
टिमको रन रेट निकाल्न, उक्त टिमले स्कोर गरेको कुल रनलाई, त्यो रन स्कोर गर्न लागेको कुल ओवरले भाग (Divide) गरिन्छ। यसको मतलब, रनरेट भनेको कुनै पनि टिमले आफ्नो ईनिङमा प्रति ओवर बनाएको औषत रन हो। जस्तै, ५० ओवर खेलेर नेपालले २५० रन बनाएमा, २५०/५० गरी ५ को रन रेट रहेछ भन्ने बुझिन्छ। तर नेपालले ४५ ओवर ३ बलमा २५० रन वनाए कसरी रनरेट झिक्ने? एक ओवरमा ६ बल हुन्छन्, त्यसैले नेपालले ४५.५ ओवर (४५ + ३/६) मा २५० रन बनाएको बुझ्नु पर्छ।
नेट रन रेट:
NRR= (आफुले स्कोर गरेको कुल रन/रन बनाउन लागेको कुल ओवर) – (विपक्षीले आफु विरुद्ध स्कोर गरेको रन/रन बनाउन लागेको कुल ओवर)
उदाहरण:नेपालले स्कोर गरेको रन:Vs Oman 221 in 50 oversVs UAE 176 in 48.5 overs
Vs Mal 188 in 30 overs
